राष्ट्रपति ट्रम्पको सहायता रोक्ने नीतिले चन्द्रागिरि नगरमा पनि प्रभाव, केही कर्मचारी सुर्तामा

Thankot Times

थानकोट ।

गत साता कार्यभार सम्हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा अमेरिकी सहयोगमा सञ्चालित २ खर्ब ६६ अर्ब रुपैयाँ लागत बराबरका ७० परियोजनाको कार्यान्वयन तत्कालै रोकिएको छ।

अर्थ मन्त्रालयद्वारा अन्तिम पटक सन् २०२२ मा प्रकाशित डिभलपमेन्ट कोअपरेसन रिपोर्टअनुसार द्विपक्षीय दाताहरूमध्ये अमेरिका सबैभन्दा ठूलो अनुदान सहायता प्रदायक दातृ मुलुक रहँदै आएको छ।

यी परियोजनाहरू सन् २०११ देखि हालसम्म निरन्तर सञ्चालित हुन्। यिनमा सरकारद्वारा सञ्चालित र गैर सरकारी संस्थाहरूमार्फत् सञ्चालित दुवै खालका परियोजना समावेश छन्। वैदेशिक सहायतामा अनुदानभित्रै नगद अनुदान, प्राविधिक सहायता अनुदान र वस्तुगत सहायता अनुदान पर्छन्। ट्रम्पको नयाँ कार्यकारी आदेशले यी तीनै किसिमका अनुदान सहायता रोकिएका छन्।
सबैभन्दा धेरै स्वास्थ्यका १२ , कृषि र वन क्षेत्रका १०, परिवार तथा शिशु कल्याण क्षेत्रका ७, शिक्षा र आर्थिक मामिला क्षेत्रका ६/६ कार्यक्रमहरू प्रभावित हुनेछन् । कुल ६७ वटा परियोजना/कार्यक्रमहरू अफ बजेट अर्थात् सरकारको बजेट प्रणालीमा नसमेटी एनजीओ/आइएनजीओ र थोरै संख्यामा सरकारी एजेन्सीमार्फत सञ्चालित छन्।

अर्थ मन्त्रालयको विकास वित्त व्यवस्थापन सूचना प्रणालीअनुसार हाल सञ्चालित प्रत्यक्ष नगद अनुदानका १५ परियोजनाको रकम ट्रम्पको कार्यकारी आदेशसँगै रोकिएको छ जसको कुल लागत १ अर्ब ३२ करोड  ३१ लाख अमेरिकी डलर अर्थात वर्तमान विनिमयअनुसार १ खर्ब ७८ अर्ब ६३ करोड रुपैयाँ बराबर छ ।

चन्द्रागिरि नगरमा हाल यूएसएआईडी अन्तर्गत एफएचआई ३६० अन्तर्गतको स्वच्छ हावा लगायतका परियोजना कार्यान्वयन भइरहेका छन् ।

उसो त नगरका केही शाखाका उपल्लो तहमा कार्यरत कर्मचारीहरूले कार्यालयमा भन्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाका प्रायोजनमा हुने कार्यक्रममा बढी लगाव दिएपछि सेवाग्राही मारमा परेको जनगुनासो रहँदै आएको छ ।

यूएसएआईडीका रोकिएका कार्यक्रमहरू

तस्वीरः यूरोन्यूज, तालिकाः टक्सारन्यूज


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ