टी-२० सिरिजका लागि नेपाली महिला टोली घोषणा
थानकोट ।
आगामी बिहीबारदेखि काठमाडौँमा सुरु हुने महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजका लागि नेपाली महिला टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
नेपाली टोलीमा पूर्ककप्तान रुबिना क्षेत्रीदेखि यू-१९ महिला टोलीकी कप्तान पूजा महतो र सदस्य अलिसा कुमारी यादवसम्म परेका छन् । नेपाली महिला टोलीले घरेलू मैदानमा नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीसँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।
सिरिजको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्नेछन् भने प्रत्येक टोलीले एक अर्कासँग ३-३ खेल खेल्नेछन् ।
अन्तिम खेल ७ फेब्रुअरीमा नेपाल र थाइल्याण्डबीच हुनेछ ।
सबै खेल त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।
नेपाली टोली :
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिसा कुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट ।