सभामुख घिमिरेले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै

Thankot Times

थानकोट।

संसद्को हिउँदे अधिवेशनका लागि तयारी तिव्र पारिएको छ ।

माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेशनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन् ।

जसअनुसार सभामुख घिमिरेले आज सोमबार बिहान ११ बजेबाट प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

हिजो बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

सभामुख घिमिरेका सचिवालयका अनुसार भोली दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *