नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि
थानकोट ।
संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।
हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।
बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल जारी रहेको छ ।
साथै, केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका विधेयक तिव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल भइरहेको छ । र, दुई दिनसम्म चल्ने बैठकले माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल चलिरहेको नेपाली कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
आगामी १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ ।
गत पुस २६ गते बसेको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनका अधिवेशन आह्वान गरिसकेका छन् ।