चन्द्रागिरि डाँडामा केबलकार र ब्यांकेट हल विस्तार गर्दै चन्द्रागिरि हिल्स, आज सार्वजनिक सुनुवाई
थानकोट ।
चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले चन्द्रागिरि केबलकार विस्तार गर्ने तयारी गरेको छ ।
चन्द्रागिरि केबलकार विस्तारका लागि कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरेको बुझिएको छ ।
केबलकार विस्तारका लागि तथा ब्यांकेट हल निर्माणका लागि कम्पनीले तयार गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथि आज छलफल तथा सार्वजनिक सुनुवाईको कार्यक्रम तय गरिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।
गत माघ ८ गते मंगलबार हिमालय टाइम्समा प्रकाशित सो कार्यक्रम बारेको सूचनामा उल्लेख भएअनुसार केबलकार विस्तार तथा ब्यांकेट हल निर्माणका लागि तयार भएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथि छलफल तथा सार्वजनिक सुनुवाईको कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटस्थित चन्द्रागिरि केबलकारको तल्लो स्टेशनको सभा हल हुनेछ ।
सूचना हेराैंः