भारतको ७६ औं गणतन्त्र दिवस मनाइँदै, काठमाडाैंमा झण्डोत्तलन कार्यक्रम हुँदै

Thankot Times

थानकोट ।

भारतले आज ७६ औं गणतन्त्र दिवस मनाइरहेको छ।

दिवसका अवसरमा आज बिहान १० बजे भारतको राजधानी नयाँदिल्लीमा विशेष समारोह आयोजना हुँदै छ ।

यसवर्ष गणतन्त्र दिवसका अवसरमा भारतले प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोलाई निमन्त्रणा दिएको छ। गणतन्त्र दिवसमा सहभागी हुन उनी शुक्रबार नै नयाँ दिल्ली पुगिसकेका छन्।

गणतन्त्र दिवसको अवसरमा नयाँ दिल्लीस्थित कर्तव्यपथमा राष्ट्रपति द्रौपदी मुर्मूबाट झण्डोत्तलनका साथै परेडको तयारी गरिएको छ। परेडमा विभिन्न प्रदेश र सरकारी विभागको झाँकी प्रदर्शन गर्ने गरिन्छ।

सन् १९५० मा २६ जनवरीका दिन भारत गणतन्त्र घोषित भएको थियो।

ब्रिटिस उपनिवेशबाट भारत सन् १९४७ अगस्त १५ मा स्वतन्त्र भएको थियो।

सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो।

भारतको ७६औं गणतन्त्र दिवसका अवसरमा आज काठमाडाैंस्थित भारतीय दुतावास हातामा झण्डोत्तलन कार्यक्रम आयोजना हुने भारतीय दुतावासले जनाएको छ।

समारोह बिहान ८ः५० बजे सुरु हुने बताइएको छ ।

तस्वीरः सामाजिक सञ्जालबाट साभार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ