चन्द्रागिरिमा किसान सूचीकरणका लागि ४ जना सहजकर्ता माग, न्युनतम योग्यता कक्षा १२ उत्तीर्ण

थानकोट ।
चन्द्रागिरि नगरपालिकाले किसान सूचीकरण सहजकर्ता माग गरेको छ ।
नगरको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसान सूचीकरण कार्यान्वयन विधि-२०७७ बमोजिम किसान सूचीकरणको लागि किसान परिवारको वैयक्तिक तथा कृषि तथ्याङ्क संकलनको लागि किसान सूचीकरण सहजकर्ता चार जना माग भएको हो ।
कम्तीमा कक्षा १२ उत्तीर्ण गरेका तथा १८ वर्ष उमेर पूरा भई ४५ वर्ष उमेर ननाघेका नेपाली नागरिकहरू जो स्मार्ट मोबाइल/ट्याब्लेट वा ल्यापटप चलाउन जान्दछन् र उनीहरूसँग ती उपकरण छ उनीहरू उक्त पदका लागि उम्मेदवार बन्न योग्य हुने नगरद्धारा जारी सूचनामा उल्लेख छ ।
सो पदमा आवेदन दिन ईच्छुकले यही माघ १८ गतेभित्र चन्द्रागिरि नगरपालिकाको कार्यालयमा दरखास्त पेश गर्न सक्ने बताइएको छ ।
सूचना हेराैंः