चालू आर्थिक वर्षको पहिलो ६ महिनामा राप्रपाको बैंक खातामा १ करोड ३६ लाख रुपैयाँ मौज्दात
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले चालू आर्थिक वर्ष २०८१/०८२ को आय-व्यय विवरण पेस गरेका छन् ।
आफ्नो आर्थिक प्रतिवेदन पेस गर्ने क्रममा काफ्लेले पुस मसान्तसम्मको पार्टीको आम्दानी र खर्चको हिसाब पेस गरेका हुन् ।
जसअनुसार पार्टीको खातामा १ करोड ३६ लाख २ हजार १९२ रुपैयाँ मौज्दात छ ।
यस्तै पुससम्मको अवधिमा कुल आम्दानी १ करोड ९० लाख ६९ हजार ८९२ रुपैयाँ रहेकोमा सबै खर्च कटाएर सो रकम बैंक मौज्दात रहेको हो ।
आर्थिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएको बैंक मौज्दात १ करोड ३५ लाख २० हजार ८७५ रुपैयाँ थियो भने सांसदको लेभी बापत १६ लाख ८० हजार, प्रदेश सांसदको लेभी १५ लाख ७९ हजार, पार्टी लेभीबाट ४ लाख ८ हजार रुपैयाँ संकलन भएको छ ।
यस्तै सक्रिय सदस्यता शुल्कबापत ८ लाख ८९ हजार ९५०, पशुपति शमशेरबाट सहयोग ५ लाख, सोभित उप्रेतीबाट २ लाख रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन हेर्नुहोस्