अखिल क्रान्तिकारीको आज निर्वाचन, अध्यक्षमा ५ जनाको दाबेदारी, केही पदमा निर्विरोध

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

पटक-पटक स्थगित हुँदै आएको मतदान आज बिहानबाट सुरू हुन लागेको हो ।

भावी नेतृत्व तथा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

जसअनुसार अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवको उम्मेदवारी कायम रहेको छ ।

अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्यसहित २४३ जनाको शनिबार निर्वाचन चुनिँदैछन् ।
सम्मेलनमा विभिन्न पदका उम्मेदवार निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।  केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा केही उम्मेदवार निर्विरोध भएका हुन् ।

मनोनयन अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी परेको थियो । जस अन्तर्गत अध्यक्षका लागि ५ जना उम्मेदवार मैदानमा छन् । 

९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । ९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ