आईसीसी यू-१९ महिला टी-२० विश्वकप: नेपालको सान्त्वना जीत, मलेसिया ७ विकेटले पराजित

Thankot Times

थानकोट ।

आईसीसी १९ वर्षमुनिको महिला टी-२० विश्वकपको प्लेअफमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले हराएको छ ।

मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेटायो ।

नेपालकी कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन् । मलेसियाकी मर्स्या अब्दुल्लाहले ३ विकेट लिइन् ।

यसअघि जोहोर एकेडेमी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर ५ बलमा ४५ रनमा अलआउट भयो । मलेसियाकी नुरिमन हलिदले सबैभन्दा धेरै १५ रन बनाइन् ।

मलेसियाकी अन्य खेलाडीको दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी पूजा महतोले ४, रचना चौधरीले ३ तथा रिया शर्मा र सिमाना केसीले १/१ विकेट लिए ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालको यो पहिलो जीत हो ।

मलेसियाले भने जीतविहीन रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो ।

यस्तै मलेसियाले भारत, श्रीलंका र वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।

तस्वीरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ