चन्द्रागिरि डाँडामा केबलकार विस्तार गर्दै चन्द्रागिरि हिल्स, अर्को साता सार्वजनिक सुनुवाई गरिने
थानकोट ।
चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले चन्द्रागिरि केबलकार विस्तार गर्ने तयारी गरेको छ ।
चन्द्रागिरि केबलकार विस्तारका लागि कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरेको बुझिएको छ ।
केबलकार विस्तारका लागि कम्पनीले अर्को साता प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथि छलफल तथा सार्वजनिक सुनुवाईको कार्यक्रम तय गरेको छ ।
चन्द्रागिरि केबलकारको टप स्टेशनबाट चन्द्रागिरि हिल्स रिसोर्टसम्म आगन्तुकहरूको ओहोर दोहोरमा सहजता ल्याउने उद्देश्यले कम्पनीले छोटो दूरीको अर्को केबलकार निर्माणको तयारी गरेको हो ।
अहिले चन्द्रागिरि केबलकारको टप स्टेशनबाट चन्द्रागिरि हिल्स रिसोर्टसम्म पुग्न हिल्सले नै हलुका सवारीसाधनको व्यवस्था गरेको छ ।