नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् ।

विभागको प्रमुखमा कृष्णचन्द्र नेपाली रहेका छन् ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

मनोनयन हुने सदस्यहरूमा कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन), राधेश्याम पाठक (नवलपरासी), ब्रह्मप्रकाश रौनियार (सुनसरी), मेघनाथ यादव (धनुषा), झनकराज तिमिल्सिना (कैलाली), भीमबहादुर शाही, (कालिकोट), जीतबहादुर लामा (काभ्रेपलाञ्चोक) र सन्तोष कोइराला परियार (नवलपुर) रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ