रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

Thankot Times

थानकोट ।

पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् ।

लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन् ।

मंगलबार अपराह्न उनी काठमाडौं विमानस्थलबाट केही वकिल र नेता-कार्यकर्तासहित भैरहवा अवतरण भएका थिए ।

लामिछाने यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

लगत्तै उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।

उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ