चन्द्रागिरि नगरपालिकाले दलित समुदायका लागि लक्षित गरि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा स्थायी रूपमा बसोबास गरिरहेका दलित समुदायका कम्तीमा एसएलसी वा एसईई उत्तीर्ण गरेका १८ देखी ३५ वर्ष उमेर समुहका व्यक्तिहरूका लागि लक्षित गर्दै लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार लोकसेवा तयारी कक्षामा सामेल हुन ईच्छुक लक्षित समुदायका व्यक्तिले नगरका सबै १५ वटै वडा कार्यालयमा नाम दर्ता गर्न सक्नेछन् । 

इच्छुकले माघ १३ गतेभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गर्न सक्ने बताइएको छ ।

बसाँईसराई  गरेका व्यक्तिले समेत यस कक्षामा सहभागिता जनाउन सक्ने नगरद्धारा सूचनामा उल्लेख छ । नायब सुब्बा र खरिदारका लक्षित गरि सो तयारी कक्षा सञ्चालन हुन लागेको हो । 

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *