नेकपा एमाले सचिवालय बैठक मंगलबार बस्ने
थानकोट ।
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
बैठक मंगलबार बेलुका चार बजे बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो ।
गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।
सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ ।
साथै, बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उनलाई दिने जिम्मेवारीका बारेमा समेत छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।