चन्द्रागिरि र कीर्तिपुरकाे सीमा क्षेत्र भष्मासुर जंगलमा भीषण आगलागी

थानकोट ।

चन्द्रागिरि र कीर्तिपुरकाे सीमा क्षेत्र भष्मासुर जंगलमा सोमबार दिउँसोबाट भीषण आगलागी भएको छ।

प्रहरी प्रभाग मच्छेगाउँले साे आगाे लागेको स्थानसम्म पुग्न कठिनाइ भइरहेको जनाएको छ।

आगलागी भएको स्थान डाँडामा रहेकोले पैदल जानुकाे विकल्प नरहेको चन्द्रागिरि नगरपालिका वडा नं ९ का वडाध्यक्ष अच्युत अधिकारीकाे भनाइ छ । उनका अनुसार आगलागी नियन्त्रणका लागि विपद् प्रतिकार्य टाेली घटनास्थलतर्फ लागेकाे छ ।

आगलागी भइरहेको स्थान चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगर तथा मकवानपुरको इन्द्रसराेवर गाउँपालिकाकाे सीमा क्षेत्रमा पर्दछ ।

प्रहरी वृत्त थानकोटले आगलागी भएको स्थानसम्म पुग्न कोशिस भइरहेको जनाएको छ ।

डाँडामा आगलागी भएको दृश्य कैद गर्दै मानिसहरुले आगलागी नियन्त्रणमा लिन अपिल गरेका छन् ।

आगलागीकाे कारण र साे बाट भएको क्षतिकाे विवरण आउन बाँकी छ ।

तस्बिर: भक्तलाल श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *