त्रिभुवन विश्वविद्यालयमा फागुन १५ गतेका लागि तोकिएको स्ववियू निर्वाचन चैत ५ गतेका लागि सर्यो

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ ।

फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत ५ गतेका लागि सरेको हो । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।

दुई वर्ष अघि समेत चैत ५ गते चुनाव भएको थियो । 

सोही आधारमा यो पटक समेत चैत ५ गते गर्ने निर्णय गरिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ