थानकोटबाट धुलिखेलसम्म यात्रु बस सेवा सुरु हुँदै, महानगर यातायातले गुडाउँदैछ ४० वटा बस

थानकोट ।

थानकोट-धुलिखेल रुटमा यात्रु बस सेवा सञ्चालन हुने भएको छ ।

माघ १० गतेबाट महानगर यातायात प्रालिले यो रुटमा यात्रु बस सेवा सञ्चालन गर्न लागेको हो ।

करिब ४१ किलोमिटर दूरीको यस रुटमा ४० वटा बस सञ्चालनको तयारी भइरहेको महानगर यातायात प्रालिका अध्यक्ष मधुसूदन उपाध्याय अधिकारीले थानकोट टाइम्सलाई जानकारी दिए ।

उनका अनुसार थानकोट गोदामबाट छुट्ने बस धुलिखेल अस्पतालसम्म पुग्नेछ ।

ती बस थानकोट गोदाम- चेकपोष्ट-सतुङ्गल-कलंकी-सानेपा-सातदोबाटो-कोटेश्वर-भक्तपुर-बनेपा-धुलिखेल हुँदै सञ्चालन हुनेछन् ।

२०७२ सालबाट सञ्चालन भइरहेको महानगर यातायातले हाल करिब ५० वटा बस काठमाडाैं चक्रथपमा गुडाइरहेको छ। 


5 thoughts on “थानकोटबाट धुलिखेलसम्म यात्रु बस सेवा सुरु हुँदै, महानगर यातायातले गुडाउँदैछ ४० वटा बस

  1. धेरै राम्रो हुनेछ ।बस ठूलो हुनुपर्छ ।नागढुङ्गाबाट चल्नु पर्छ।

  2. सुखद खबर ! ठूला बस चलुन, सेवा प्रवाह नियमित रहोस्, गोदाम भन्दा पनि नागढुङ्गाबाट सञ्चालन भए अझ प्रभावकारी हुन्थ्यो होला ! महानगर यातायातलाई अनेक अनेक धन्यवाद !

    1. हो यदि गोदाम बाट नै चल्ने भएपनी नागढुङ्गा/गोदाम बाट पालैपालो चल्नुपर्ने हो!!!

  3. कुरा/समाचार अत्यन्तै राम्रो लाग्यो तर बस को रुट पालैपालो (एउटा नागढुङ्गा अर्को गोदाम बाट) चल्नुपर्ने सबैलाई सहज हुनेथियो, स्म्बन्धित निकायले बिचार गर्नुपर्यो!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *