चन्द्रागिरिको एक सहकारीमा १४ करोड अपचलन, ८ जना सञ्चालकविरुद्ध मुद्दा, १ जना पक्राउ

Thankot Times

थानकोट ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्तगर्तको ठगी गर्न नहुने कसुरमा चन्द्रागिरि नगरपालिका सतुङ्गलमा रहेको एक सहकारीका ८ जना सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

१४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा सतुङ्गलस्थित विशेश्वर बचत तथा ऋण सहकारी संस्थाका ८ सञ्चालक समिति सदस्यविरुद्ध मुद्दा दायर भएको हो ।

जसमध्ये एक जनालाई पक्राउ गरिएको छ भने बाँकी ७ जनालाई फरार प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ ।

सहकारीले ९३ जना बचतकर्ताको १४ करोड ३१ लाख ९१ हजार २ सय ३८ रुपैयाँ अपचलन गरेको आरोप छ ।

यो सहकारीविरुद्ध ९३ जनाले छुट्टाछुट्टै ९ वटा जाहेरी दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *