राप्रपाको केन्द्रीय कार्यसमिति बैठक माघ ११ बाट

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक यही माघ ११ र १२ गते काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा सांगठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल हुने  सो पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारीदिए ।

उनका अनुसार, बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्यलगायत विषयमा जानकारी गराउनेछन् ।

बैठकमा वडा तहबाट संगठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रीत जिम्मेवारी र कामको समीक्षा गरिनेछ ।

तोकिएको भूगोलकेन्द्रीत कार्यमा नजाने नेताको जिम्मेवारी हेरफेर गरिने पनि नेता प्रधानले जानकारी दिए ।

बैठक धुम्बाराहीस्थित एचआर बैंक्वेटमा बस्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ