चन्द्रागिरि केबलकार सञ्चालनको समय हेरफेर, माघ १८ सम्म बिहान १० बजेपछि मात्रै चढ्न पाइने

थानकोट ।
चन्द्रागिरि केबलकार सञ्चालनको समय हेरफेर हुने भएको छ ।
नियमित मर्मत सम्भार तथा सुरक्षा चेकजाँचका लागि केबलकार सञ्चालन समय हेरफेर गरिएको चन्द्रागिरि हिल्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा उल्लेख भएअनुसार भोलि (माघ ६) बाट माघ १८गतेसम्म केबलकार बिहान १० बजेबाट मात्रै खुला हुनेछ ।
यद्यपी शनिबार र सार्वजनिक बिदाका दिन केबलकार मर्मतको कार्य स्थगन हुनेछ ।
हाल चन्द्रागिरि केबलकार बिहान ७ बजेबाट बेलुकी ९ बजेसम्म सञ्चालन हुँदै आएको छ ।