थानकोट, बलम्बु, सतुङ्गल र नुवाकोटमा कारखाना भएको नेपाटपले मनायो ‘सेल्भर जूब्ली’

थानकोट ।
नेपाटपले आफ्नो स्थापनाको २५ औ वार्षिक उत्सव (सेल्भर जूब्ली) भव्यताका साथ सम्पन्न गरेको छ ।
द प्लाजा पुल्चोमा एक समाहरोहका बीच आफ्ना कर्मचारी, डिष्ट्रिब्यूटर, सब डिष्ट्रिब्यूटर र अन्यसरोकार वाला निकाय समेतको ३००० जनाभन्दा बढी व्यक्तिहरुको सहभागितामा उत्वस सम्पन्न गरिएकाे हाे ।
केही युवाहरु दिपक श्रेष्ठ (नेपाटपका अध्यक्ष ) र अमृत प्रसाद मिलेर आज भन्दा २६ वर्ष अगाडी काठमाडौँको मनमैजुमा ५ रोपनी क्षेत्रफल जग्गामा २५ वटा पानी ट्यांकी उत्पादन गर्ने योजना बोकेर शुरु गरेको व्यवसाय हो- नेपाटप । एउटा कोठामा बसेर कोरेको यो व्यवसायको खाकाले आजका दिनसम्म आएपुग्दा एउटा साम्राज्य फैलाउन सफल भएको छ ।
हाल आएर थानकोट, बलम्बु, सतुगंल र नुवाकोटमा आफ्नै जग्गामा कारखानाहरू सञ्चालनमा छन् । नेपाटप अर्गनाइजेसन नेपालकै सबैभन्दा बढी प्लाष्टिकको सामग्री उत्पादन गर्ने कम्पनी हुन पुगेको छ ।
समयको गति र उपभेक्ताको मायालाई बुझ्न सक्ने भएकाले थप प्रडोक्टहरु एचडिपी पाइप, पिपीआर पाइप एण्ड फिटिंगं यूपी भिसी पाइप फिटिगं, सिपी भिसी पाइप फिटीगं पिभीसी प्रोफाइल, नेपाटप पम्प र इस्टिलेन्स इस्टील डिडब्लु सी पाइप आदी उत्पादन विस्तार गर्न सफल भएका छन् ।
‘नेपाटप सब ठिकठाक’ भन्ने स्लोगन बोकेर बजारमा उदाएको यो उद्याेग आजका दिनसम्म आइपुग्दा अग्रणी उद्योगका रुपमा आफुलाई उभ्याउन सफल भएको छ । याे सफलता गर्वमय कथा बताउन पाउँदा निकै हर्षविभाेर भएकाे कम्पनिका प्रबन्ध निर्देशक अमृत प्रसाद द्धा बताउँछन् । नेपाटपले समयानुकुल नयाँ टेक्नाेलोजीको विस्तार सँगै आफ्ना उत्पादनलाई पनि सविस्तार गर्दै लान सकेकोले आमउपभेक्ताको मागअनुसार उत्पादन गर्दै लगेकोले उपभोक्ताको मन जित्न सफल भएको छ ।
आजका दिन सम्म आइपुग्दा धेरै उत्तरचढावहरु झेल्न, व्यहोर्न परेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
उनले भने, ‘भूकम्प, कोभिड-१९ र आर्थिक नाकाबन्दीजस्ता थुपै व्यवधानहरु पार गर्दै अनवरत रुपमा बिचलित नभइकन भरोसायोग्य आँट, ठूलो संघर्ष मेहनत साथै टिमको सहयोग र सबैको भावले अनि इमान्दारिताले नै यो सफलताको शिखरमा पुर्याएको छ । यसको श्रेय हामीसँग जोडिनुभएका होलसेलर, डिष्ट्रिब्यूटर उपभोक्ता र ५००० भन्दा बढी कर्मचारी साथीहरुको मेहनत, इमान्दारीता र कम्पनीको लगानी हो ।’
हाल नेपाटपले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २५ हजार भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको उनले जानकारी दिए, न्यूज २४ मा खबर छ । उनी थप्छन्, ‘केही हदसम्म यो उद्याेगले रोजगारीको समस्यालाई न्यूनीकरण गरेको छ । गुणस्तरीय उत्पादन भरपर्दो र टिकाउ भएर नै आम उपभोक्ताले नेपाटप रुचाइदिनुभएको छ । गुणस्तरको सम्झौतामा कम्पनिले कुनै कम्प्रमाइज गर्ने छैन् । यो हाम्रो प्रतिबद्धता हो । यही नै हाम्रो सफलताको पाटो हो ।’
अध्यक्ष श्रेष्ठले महानायक राजेश हमाल र रवि डंगोल नेपाटपको ब्राण्ड एम्बेस्डर रहेकाे बताए । उनले भने, ‘नेपालीहरुको शतप्रतिशत लगानी रहेको नेपाटप अर्गनाइजेशनलाई माया गर्नुहुनेछ, मनमा राख्नुहुनेछ । यो नेपाली प्राेडक्ट हो, सुख-दुःखमा साथ दिनुपर्छ भनेर नेपाटपलाई नै प्रयोग गरिदिनुभयो भने हामीलाई अघि बढ्न थप हौसला मिल्नेछ ।’
अर्गनाइनेसनका प्रबन्ध निर्देशक द्धा भन्छन्, ‘पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मका उपभोक्ताहरुको साथ पाइरहेकोले उहाँहरु सबैलाई धन्यवाद दिन चाहान्छौँ । उर्जावान व्यवसायी एवं दुरदर्शी भिजन भएका अध्यक्ष श्रेष्ठको सकारात्मक सोचले सबै व्यवसायीलाई प्रेरणा मिल्नेछ । उहाँको यो सफलताको कथाले सम्पूर्ण उद्याेगी व्यवसायीहरुलाई हौसला मिल्नेछ । देशमा भएको आर्थिक विचलनको विषम परिस्थितिमा पनि सफलता प्राप्त गर्न सकेका श्रेष्ठलाई राज्यले थप लगानीको वातावरण बनाउन सक्नुपर्छ ।’