नर्भिक अस्पतालद्वारा चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधी सहयोग
थानकोट ।
नर्भिक इन्टरनेसनल अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग गरेको छ ।
एक कार्यक्रमबीच अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले बुधबार चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीलाई औषधी हस्तान्तरण गरेका हुन् ।
अस्पतालले मधुमेह, उच्च रक्तचाप तथा एन्टिबायोटिकलगायतका अत्यावश्यक औषधी सहयोग गरेको जनाएको छ ।
सो अवसरमा मेयर गिरीले नगरबासीलाई अत्यावश्यक औषधी उपलब्ध गराइदिन गरिएको आग्रहलाई स्वीकार गर्दै नर्भिकले औषधी सहयोग गरेकोमा धन्यवाद दिए ।
उनले आगामी दिनमा पनि यस्ता सहयोग रहने अपेक्षा गरे ।
समारोहमा अस्पताल प्रशासन प्रमुख बोगटीले नगरपालिकालाई अत्यावश्यक औषधी उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
टेण्डर प्रक्रियामा जाँदा लामोसमय लाग्ने भएपछि नगरले तत्काल आवश्यक मधुमेह, उच्च रक्तचाप लगायतका औषधीका लागि अस्पताललाई आग्रह गरेको थियो ।