टुँडिखेल र खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ- महानगर प्रमुख बालेन
थानकोट ।
नेपाल सरकारले ल्याएको अध्यादेशप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा बुधबार एक स्टाटस राख्दै मेयर बालेन्द्रले खोला, टुँडिखेल, खुल्लामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएको भन्दै कटाक्ष गरेका हुन् ।
फेसबुकमा लेखेका छन्- अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।