खो-खो विश्वकपः नेपालको लगातार दोश्रो जित, ब्राजिलविरुद्ध सानदार जित
थानकोट ।
भारतमा जारी खो खो विश्वकपको पहिलो संस्करणमा नेपाली पुरुष टिमले लगातार दोस्रो जित निकालेको छ ।
नेपाली टिमले बुधबार भएको खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिललाई १३८–८ ले हराएको हो ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक भारतसँग पराजित भए पनि त्यसपछि भने नेपालले लगातार जित निकालेको छ ।
पहिलो खेलमा नेपाल भारतसँग ४१–३७ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले पेरुमाथि ८०–३४ को सहज जित निकालेको थियो ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै भुटान, ब्राजिल, भारत र पेरु छन् ।