आज भूकम्प सुरक्षा दिवस, कीर्तिपुरमा विशेष समारोह आयोजना हुँदै

Thankot Times

थानकोट ।

विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।

यस दिवसमा भूकम्पमको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै कमीकमजोरीलाई सुधार गर्ने लक्ष्यका साथ आइरहेको उनको भनाइ छ।

भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।

भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ ।

विभागका अनुसार यस दिवसको मूल समारोहको कार्यक्रम कीर्तिपुर नगरपालिकास्थित बिपी कोइराला मेमोरियल विज्ञान संग्रालय परिसरमा आयोजना गरिनेछ ।

यस दिन कीर्तिपुर क्षेत्रमा विभिन्न संस्थाहरूले लामबद्ध भई भूकम्प सुरक्षा र्‍यालीलीमा भाग लिनेछन् । कीर्तिपुरको पाँगा दोबाटोबाट सुरु भएर उक्त र्‍याली पाँगा बसपार्क, लाछी भ्यावं, नगाउँ, खसी बजार, बाघ भैरव मन्दिर, इट्टाछे, मंगल स्कुल, नगरपालिका भवन हुँदै कार्यक्रम स्थल आइपुग्ने छ ।

कार्यक्रम स्थलमा दुई दिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना गरिने र सो कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको पनि सहभागिता रहने विभागले जनाएको छ ।

भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा मूल समारोहको कार्यक्रम बाहेक विभिन्न निकायहरूको सक्रियतामा प्रदेश तथा स्थानीय तह लगायत देशभरि नै गोष्ठी, छलफल, र्‍याली, अन्तर्क्रिया, प्रदर्शनी, प्रतियोगिता कार्यक्रम, रक्तदान, सडक नाटक, अडियो भिडियो कार्यक्रमहरू लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरू आयोजना हुने पनि विभागले जनाएको छ ।

गत वर्ष चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा भूकम्प सुरक्षा दिवस मनाइएको थियो ।

तस्बिरः वीरेन्द्र शाक्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ