चन्द्रागिरि नगरमा दोश्रो प्राविधिक शिक्षालय स्थापनाका लागि समेत वचन पाएको छु- नगरप्रमुख घनश्याम गिरी
थानकोट ।
चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले नगर क्षेत्रमा दोश्रो प्राविधिक शिक्षालय स्थापनाका लागि समन्वय भइरहेको बताएका छन् ।
मंगलबार बलम्बुमा आयोजित बलम्बु प्राविधिक शिक्षालयको उद्घाटन समारोहमा नगरप्रमुख गिरीले सो जानकारी दिएका हुन् ।
नगरको थप अर्को सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयमा रुपान्तरणका लागि संरचना निर्माणका लागि दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेशन र सोड नेपालसँग छलफल भइरहेको र ती संस्थाले नगरपालिकाको प्रस्तावमा सकरात्मक जवाफ दिएको नगरप्रमुख गिरीको भनाइ छ ।
करिब २ करोड ५० लाख ५० हजार रूपैयाँको लागतमा बलम्बुमा चार वटा प्राविधिक विषय अध्ययन अध्यापनका लागि शिक्षालय तयार भएको हो।
जसमा चन्द्रागिरि नगरपालिकाले ३० प्रतिशत र दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेशनले ७० प्रतिशत लागत साझेदारी गरेका हुन् ।
थप पढ्नुहोस्ः
बलम्बुमा सुविधा सम्पन्न प्राविधिक शिक्षालय उद्घाटन, चार वटा प्राविधिक विषयमा पढाइ हुने