चन्द्रागिरि नगर प्राथमिक अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
थानकोट ।
चन्द्रागिरि नगरपालिका गुर्जुधारामा सञ्चालनमा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
मंगलबार चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीलाई सेन्टरका सञ्चालक राजेश घिमिरे, देवेन्द्र प्रधान लगायतको टोलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । सो क्रममा चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीको समेत उपस्थिति रहेको थियो ।
ती सामाग्री थानकोटस्थित चन्द्रागिरि नगर अस्पतालका लागि उपलब्ध गराइएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक देवेन्द्र प्रधानले जानकारी दिए ।