चन्द्रागिरि नगरपालिका क्षेत्रमा विज्ञापन बोर्ड राख्न नगरको अनुमति लिनुपर्ने

Thankot Times

थानकोट ।

नगर क्षेत्रमा विज्ञापन बोर्ड राख्न चन्द्रागिरि नगरपालिकाको अनुमति लिनुपर्ने भएको छ ।

नगर क्षेत्रभित्र कुनै पनि व्यक्ति, संघसंस्था, कम्पनीबाट विज्ञापन बोर्ड राख्नु पूर्व नगरपालिकाको स्वीकृति लिई विज्ञापन कर तिर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक ऐन, २०८१ मा व्यवस्था भएअनुसार नगरपालिकाको अनिवार्य स्वीकृति लिई विज्ञापन बोर्डहरु राख्न चन्द्रागिरि नगरपालिकाले सूचित गरेको हो श्र

आइतबार एक सूचना जारी गर्दै नगरले नगर क्षेत्रभित्रका विभिन्न स्थानहरुमा अनुमति नलिई तथा कानून बमोजिम बुझाउनु पर्ने विज्ञापन कर समेत नबुझाई जथाभावी रुपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरुको विज्ञापन तथा प्रचार-प्रसार सामग्रीहरु राखिएको पाइएकोले अनुमति नलिई तथा विज्ञापन कर नबुझाई राखिएका त्यस्ता होर्डिङ्ग बोर्ड, फ्लेक्स, व्यानर, डिस्प्ले बोर्ड, परिचय पाटी लगायतका सम्पूर्ण विज्ञापन सामग्री राख्ने व्यक्ति, संघसंस्था तथा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र नगरपालिकाको राजश्व प्रशासन शाखामा सम्पर्क राखी नगरपालिकाको आर्थिक ऐन बमोजिम लाग्ने विज्ञापन कर बुझाउन सम्बन्धित सबैमा जानकारी गराएको हो ।

३० दिनपछि स्वीकृती विना राखिएका तथा कर नबुझाई राखिएका सम्पूर्ण विज्ञापन सामग्रीहरु हटाई जफत गरिने चन्द्रागिरि नगरबाट जारी सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ