बैना लिएको तर जग्गा नदिएको आरोपमा काठमाडौं महानगर वडा नं. ४ का पूर्व वडाअध्यक्ष पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका वडा नम्बर-४ का पूर्व वडाअध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व वडाध्यक्ष मोहनबहादुर विष्टलाई जग्गा सम्बन्धी ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए ।

५८ वर्षीय विष्ट शनिबार बिहान शंखपार्कबाट पक्राउ परेका हुन् ।

उनी नेकपा (एमाले) का तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

विष्टसहित ३ जनाले धर्मस्थलीमा रहेको जग्गा दिन्छौँ भनेर बैना लिएको तर, सो जग्गा अरूलाई नै बेचेर ठगेको आरोप छ ।

तारकेश्वर नगरपालिका वडा नम्बर-८ घर भएका राजेन्द्र कोइरालासँग उनीहरूले ७ करोड ८७ लाख बैना लिएका थिए ।

ठगीमा संलग्न तारकेश्वर-८ घर भएकी ५७ वर्षीया सुलोचना कँडेल, ४३ वर्षीया शान्ति पाठक र ५८ वर्षीय रबित विष्ट फरार छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *