कमला कार्की स्मृति दिवसका अवसरमा नैकापमा आज विशेष समारोह आयोजना हुँदै
थानकोट ।
कमला कार्की स्मृति दिवसका अवसरमा नैकापमा आज विशेष समारोह आयोजना हुँदैछ ।
चन्द्रागिरि नगरमा स्थायी बसोबास गर्ने ख्यातिप्राप्त पत्रकार महिला, खेलाडी महिला र सामाजिक क्षेत्रमा क्रियाशील महिला, चन्द्रागिरि वडा नं. १४ र १५ मा बसोबास गर्ने ज्येष्ठ उमेरकी एक-एक जना महिला र महिलासँग सम्बन्धित संस्था शनिबार नगदसहित सम्मानित हुँदैछन् ।
नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालय प्राङ्गणमा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम सुरु हुने बताइएको छ ।
समारोहमा व्यक्तिगततर्फ सम्मानित हुने महिलाले नगद १५ हजार १ रुपैयाँ र संस्थातर्फ नगद १ लाख १ रूपैयाँ तथा ताम्रपत्रबाट सम्मानित हुनेछन् ।
कमला कार्की स्मृति प्रतिष्ठानले नवाैं स्मृति दिवसका अवसरमा सम्मानित हुने व्यक्ति तथा संस्थाको निर्क्याैल गरिसकेको बताइएको छ ।
समाजसेवी तथा आमा घरकी अध्यक्ष दिलशोभा श्रेष्ठ आजको कार्यक्रमा प्रमुख अतिथिका रूपमा निम्त्याइएको प्रतिष्ठानका अध्यक्ष मोहन कुमार कार्कीले जानकारी दिए ।
प्रतिष्ठानले विगत ९ वर्षदेखी चन्द्रागिरि नगरमा राष्ट्रिय ख्याति कमाएका ६ जना महिला तथा महिलासँग सम्बन्धित रहेर काम गर्ने संस्थालाई नगदसहित सम्मान गर्दै आएको छ।
गत वर्ष अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार ममता थापा, दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल महिला कराँते खेलाडी अन्जली महर्जन, मिस नेपाल २०२० तथा कलाकार नम्रता श्रेष्ठलाई सम्मान गरेको थियो ।
फाइल फोटो