नेपाल एकीकरण गर्ने ३ नायकका शालिक चन्द्रागिरिमा, शालिकका बारेमा स्थानीय नै बेखबर

Thankot Times

थानकोट ।

नेपाल एकीकण गर्ने तीन जना वीरहरूको शालिक चन्द्रागिरि नगरका विभिन्न स्थानमा निर्माण गरिएका छन् ।

नेपाल एकीकरणका प्रमुख योजनाकार तत्कालीन राजा पृथ्वीनाराण शाह र उनको अभियानमा साथ दिन प्रमुख व्यक्तिहरू काजी कालु पाण्डे तथा बिसे नगर्चीको शालिक चन्द्रागिरि नगरपालिकामा स्थापना गरिएका हुन् ।

चन्द्रागिरि २ वाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक स्थापना गरिएसँगै नेपाल एकीकरणका प्रमुख सारथीहरूको शालिक चन्द्रागिरि नगरमा ठडिएको हो । २०७८ सालमा नगर्चीको सालिक अनावरण गरिएको थियो

यसअघि काजी कालु पाण्डेको शालिक चन्द्रागिरि १ इन्द्रस्थान (इन्द्रथान) मा स्थापना भइसकेको छ भने राजा पृथ्वीनारायण शालको शालिक चन्द्रागिरि डाँडामा चन्द्रागिरि केबलकार सञ्चालक कम्पनी चन्द्रागिरि हिल्सले स्थापना गरेको थियो ।

उसो त राजा पृथ्वीनारायण शाहले काठमाडाैं उपत्यकामा एकीकरण अभियान सुरु गर्नुअघि चन्द्रागिरि डाँडा र दहचोक डाँडाबाट उपत्यकाको सुक्ष्म अध्ययन गरी आक्रमणको रणनीति तयार गरेका थिए भनिन्छ ।

दहचोकस्थित कालु पाँडेको समाधिस्थल र चन्द्रागिरि डाडाँस्थित पृथ्वी नारायण शाहको शालिक क्षेत्रमा दैनिक चहलपहल भइरहेपनि बाडभञ्ज्याङस्थित बिसे नगर्ची पार्क भने उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ