रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश, कति मागियो धराैटी ?
थानकोट ।
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरिदिन आदेश दिएको छ ।
उनलाई ६५ लाख धरौटी राखेर रिहा गरिदिन आदेश दिएको हो ।
कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
न्यायाधीश नीतिज राईको इजलासले यस्तो आदेश दिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका लामिछाने अहिलेसम्म कास्की प्रहरीको हिरासतमा थिए ।
उनलाई सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी प्रकरणमा अभियुक्त बनाउँदै मुद्दा दायर भएको थियो ।
अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ ।