बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
थानकोट ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त भएका छन् ।गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य नियुक्त गरिएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले खेलकुद संघ संस्थाबाट भागबन्डा अनुसार एमाले कोटाबाट दोलखाकी अन्जना शिवाकोटीलाई, खेल विज्ञका रुपमा ललितपुरकी दिपा क्षेत्री र अपांगता कोटामा काभ्रेका गोविन्दलाल श्रेष्ठ तथा कांग्रेस कोटाबाट खेलकुद संघ संस्थाबाट मकवानपुरका अमृत लुङ्वा, खेल विज्ञबाट सविन भट्चार्य र सिन्धुपाल्चोकका राजन धिताललाई नियुक्त गरेकी हुन ।
यसअघि गत १० मंसिरमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट चारजना सदस्य नियुक्त भएका थिए । जसअनुसार रवि महर्जन, कल्पना खड्का, नविना खनियाँ र सविन श्रेष्ठ नियुक्त गरिएको थियो ।
तर, नियुक्त भएको ४५ दिनसम्म उनीहरुको सपथ हुन नसके पनि अब सपथ हुन सक्ने जनाइएको छ ।