माेजा र पन्जा लगाएपनि औँला ठिर्याउने चिसाे, कति छ अहिले चन्द्रागिरिकाे तापक्रम ?

Thankot Times

थानकोट ।

काठमाडौंसहित देशका केही स्थानको तापक्रम घटेको छ ।

पछिल्लो तीन दिनयता काठमाडौंको न्यूनतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाको विवरणमा उल्लेख छ ।

यो वर्षको हिउँदयाम सुरु भएयता तापक्रम केही घट्ने र बढ्ने भइरहेको छ ।

बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

सोही समयमा बुधबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो । मंगलबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । चन्द्रागिरि नगरक्षेत्रमा अहिले बिहान १० बजे तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ।


One thought on “माेजा र पन्जा लगाएपनि औँला ठिर्याउने चिसाे, कति छ अहिले चन्द्रागिरिकाे तापक्रम ?

  1. बिहान ५/६ बजेको तापक्रम मापन गर्न पाए राम्रो हुने थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *