घुस रकमसहित लेखापाल अख्तियारको नियन्त्रणमा

Thankot Times

थानकोट ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित लेखापाललाई नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्यमिक विद्यालयका लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य  सुरेन्द्र प्रसाद कहार ६५ हजार घुससहित पक्राउ परेका हुन् ।

उनीहरूलाई अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ गरेको हो ।

उनीहरूले भवन निर्माण पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *