काठमाडौं उपत्यकामा आज बिहान हुस्सु लाग्ने, दिउँसो माैसम सफा रहने

Thankot Times

थानकोट ।

काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा आज बुधबार केही घटेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन भएको छ।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबारको तुलनामा काठमाडौंको आकाश केही खुला भएकाले न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ।

बिहानको समयमा काठमाडौंमा सामान्य हुस्सु र कुहिरो लाग्ने तथा दिउँसो मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।

आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ।

तस्बिर: प्रकाश गाेपली

Ncell

Leave a Reply

Your email address will not be published. Required fields are marked *