चन्द्रागिरिका डेरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन, यस्तो छ अनुगमन प्रतिवेदन
थानकोट ।
काठमाडौं चन्द्रागिरि नगरपालिकामा डेरी तथा दुग्ध पदार्थ अनुगमन भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘फुडल्याब भ्यान’ बाट डेरी क्षेत्रको अनुगमन गरेको हो ।
मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी चन्द्रागिरि नगरपालिका क्षेत्रमा रहेका डेरी, बेकरी तथा दुग्धजन्य पसलको निरीक्षण तथा अनुगमन गरिएको विभागले जनाएको छ ।
नगरपालिकाको सहकार्यमा भएको अनुगमनमा बिक्री वितरणमा राखिएका दूधको ७, खुवा १, घिउ ५, पनिर १, दही ३ र महको १ गरी कुल १८ थान नमुना संकलन गरी मोबाइल फुड ल्याब भ्यानमार्फत परीक्षण गरिएको हो ।
निरीक्षण अनुगमन क्रममा एनडीडी कृषि तथा पशुपन्छी फार्म चन्द्रागिरि–१५ मा उपभोग्य मिति गुज्रेका ४ बट्टा दही तथा १ थान लाच्छा पराठा पाइएकामा नष्ट गरेको विभागले जनाएको छ ।
यस्तै चन्द्रागिरि–१२ को एक पसलमा बिक्री वितरण भइरहेको खुला दूधको नमूना परीक्षणमा ‘न्यूट्रलाइजर’ पाइएकाले १२ लिटर नष्ट गरी कारबाही गरिएको विभागले जनाएको छ ।
विभागद्धारा जारी विज्ञप्ती पढाैंः