सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

Thankot Times

थानकोट ।

सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ।

यातायात व्यवस्था विभागले पाैष २२ गतेबाट लागु हुने गरी यात्रुवाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको हो । 

विभागले सोमबारदेखि लागु हुने गरी यात्रुवाहक सवारी साधनमा ३.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.८१ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.०५ प्रतिशतले भाडा दर वृद्धि गरेको छ ।

विभागले पछिल्लो समयमा इन्धनको मूल्य बढेकाले भाडा दर समायोजन गरिएको जनाएको छ । सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत हुन्छ । इन्धनको मूल्य ५ प्रतिशतको घटवढ हुँदा भाडा दर समायोजन गर्नुपर्ने मापदण्ड छ ।

यसअघि २०८० साउन ३१ गते भाडा समायोजन गरिएको थियो ।

सार्वजनिक सवारी साधनको भाडा कति बढ्यो भाडा दर हेर्न यहाँ क्लिक गर्नुहोस् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *