मंगलबार बिहानको भूकम्पः स्युचाटारमा घरको छतबाट हाम फाल्दा एक पुरुष घाइते
थानकोट ।
मंगलबार बिहान चीनमा केन्द्र बिन्दु बनाइ ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महशुस भयो ।
तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा त्यसको कम्पन नेपाल, भारत, भुटानसम्म महशुस गरिएको बताइएको छ ।
७.१ म्याच्नेच्युडको भूकम्पको कम्पनपछि काठमाडौं उपत्यकालगायत ठाउँका मानिसहरू घरबाहिर निस्किएका थिए।
सो क्रममा काठमाडौंको स्युचाटारस्थित एक घरको छतबाट पुरूष हामफालेका थिए।
भूकम्पको धक्का महसुस भएपछि ती पुरूष डेढ तले घरको छतबाट हामफालेका थिए।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार बस्ने ती पुरूष घरको छतबाट हामफालेका हुन्।
दुवै खुट्टामा चोट लागेका उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।