नागढुङ्गा नाकाबाट १५ हजार ट्याब्लेट ट्रामाडोल बरामद, बसपार्कबाट समातिए किरण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले १५ हजार ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएका प्रहरीले सुनौलीबाट काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख ६८१८ नम्बरको बस जाँच गर्ने क्रममा सोमबार डिकीमा राखी ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारेको हो ।

उक्त लागुऔषधबारे अनुसन्धान गर्ने क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६ बस्ने २७ वर्षीय किरण श्रेष्ठको संलग्नता रहेको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *