मंगलबार बिहानको भूकम्पपछि चन्द्रागिरिमा पोखरीबाट पानी बाहिर निस्कियो (भिडिवो)

Thankot Times

थानकोट ।

मंगलबार बिहान चीनमा केन्द्रबिन्दु बनाइ भएको भूकम्पपछि त्यसको क्षतिको विश्लेषण एवं विवरण संकलनको कार्य जारी छ ।

चीन, नेपाल, भुटान एवं भारतका विभिन्न स्थानमा सो भूकम्पको कम्पन महशुस गरिएका छन् ।

नेपालमा पनि बिहानै भूकम्प महशुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए । नेपालमा भूकम्पबाट भएको क्षतिको विवरण संकलन जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रहरी वृत्त थानकोटले मंगलबार बिहानको भूकम्पपछि भएको क्षतिको कुनै विवरण प्राप्त नभएको जनाएको छ ।

सो भूकम्प चन्द्रागिरि नगरपालिकामा समेत महशुस हुँदा मानिसहरूमा कोलाहाल मच्चिएको थियो ।

भूकम्पपछि चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थान किसिपिडीस्थित एक पोखरीबाट पानी बाहिरिएको भिडियो सामाजिक सञ्जालमा अहिले चर्चामा छ ।

भिडिवो हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *