नेकपा माओवादी केन्द्रको बैठकमा ८० नेताले राखे धारणा

Thankot Times

थानकोट।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अन्तरगत दोस्रो दिनको बैठक सम्पन्न भएको छ ।

हिजो आइतबारदेखि काठमाडाैंमा जारी बैठकको दोस्रो दिन सोमबार ८० जनाले आ-आफ्नो धारणा राखेका छन् ।

सोमबारको बैठकमा अधिकांशले पार्टी सच्चिनुपर्ने, पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने, पार्टीको संगठन निर्माणमा ध्यान दिनुपर्ने लगायतका धारणा राखेका छन् ।

बोल्नका लागि कुल १८० जनाले नाम टिपाएको माओवादी केन्द्रले जनाएको छ ।

बैठक भोलि मंगलबार बिहान ११ बजेदेखि फेरि सुरु हुने र नेताहरुले धारणा राख्ने क्रम जारी रहनेछ ।

आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।

हिजो आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव पेश गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *