भद्रपुर उडेको बुद्धको विमानको इन्जिनमा समस्या देखिएपछि काठमाडाैं फिर्ता
थानकोट ।
बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको उडान नम्बर ९५३, कल साइन-नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो ।
इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं डाइभर्ट गरेर ११ः१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।
जहाजलाई कम्पनीको प्राविधिक टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ ।