मातातिर्थ-चखेल सडकमा आजबाट १५ दिनका लागि सवारीसाधन सञ्चालनमा रोक

Thankot Times

थानकोट ।

काठमाडाैंबाट हेटाैंडा पुगिने प्रमुख वैकल्पिक सडक मार्ग मातातीर्थ-चखेल सडक स्तरोन्नतिका लागि आजबाट १५ दिन बन्द  गरिएको छ।

मकवानपुरको महालक्ष्मी खोला-मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -५ स्थित महालक्ष्मी खोला नजिकै भीर कटानका लागि उक्त सडक बन्द गरिने भएको हो ।

बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिका- ५ का वडाध्यक्ष दुतराज तितुङले बताए ।

उनका अनुसार महालक्ष्मी खोलादेखि चखेल देउराली हुँदै जाने सडक आज सोमबारदेखि आगामी माघ ७ गतेसम्म बन्द हुनेछ ।

मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधान सञ्चालन भइरहेको छ भने थानकोट-चित्लाङ सडक हरेक दिन बिहान ८ देखी अपरान्ह ४ बजेसम्म बन्द गरि स्तरोन्नतिको कार्य भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *