भोलि मंगलबार काठमाडाैं उपत्यकामा हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

भोलि पुस २३ गते मंगलबारको दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका हकमा भने थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडि भूभागका थोरै ठाउँहरुमा छिटफुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

बाँकी भूभागमा पनि एक-दुई ठाउँमा छिटफुटदेखि हल्का पानी पर्ने सम्भावना छ ।

मौसमविद गंगा नगरकोटीका अनुसार आज सोमबार बिहान पनि काठमाडौं उपत्यका आइतबारको दिनजस्तै धुम्म हुने छ ।

बादल लागेकाले काठमाडौं धुम्म भएको छ । यस्तो अवस्था मंगलबारसम्मै रहने सम्भावना छ ।

बादल लागेकाले अधिकतम तापक्रम घट्दा चिसो महसुस भएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ८ दशमलव ४ डिग्री सेल्सियस छ भने दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म रहने सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *