स्वरोजगार सृजना गर्न गड्यौलाबाट मल बनाउने र ब्युटी पार्लर तालिम सञ्चालन गर्दै चन्द्रागिरि नगर
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरबासीहरूलाई स्वरोजगार बनाउन विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
तालिम लिएपछि प्रचलित व्यवस्थाअनुसार व्यवसाय दर्ता गरी व्यवसाय सुरु गर्ने शर्तसहित नगरको उद्योग, वाणिज्य तथा व्यवसाय प्रवर्द्धन शाखाले गड्यौलाबाट मल बनाउने तालिम र ब्युटी पार्लर तालिम सञ्चालन गर्न लागेको हो ।
गड्यौलाबाट मल बनाउने तालिम १० दिन सञ्चालन हुने छ भने ब्युटी पार्लर तालिम २ महिनाको हुने नगरको उद्योग, वाणिज्य तथा व्यवसाय प्रवर्द्धन शाखा प्रमुख राजु बहादुर खड्काको भनाइ छ । ब्युटी पार्लर तालिमका क्रममा आधारभूत (बेसिक) ज्ञान दिइने बताइएको छ ।
गड्यौला मलको प्रयोगले प्राङ्गारिक उत्पादनमा सहयोग पुग्ने गरेको छ ।
चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को स्वीकृत कार्यक्रमबाट गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत यी दुई तालिम सञ्चालन गर्न लागिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
तालिम कार्यक्रममा सहभागिताका लागि पाैष २८ गतेभित्र नगरको उद्योग, वाणिज्य तथा व्यवसाय प्रवर्द्धन शाखामा सम्पर्क गर्न सकिने जनाइएको छ ।
सूचना हेराैं