नेपालमा कागजी सुरुङको ओइरो, थानकोट-चित्लाङसहित २ दर्जन सुरुङको अध्ययन
थानकोट ।
राष्ट्रिय योजना आयोगमा प्रत्येक वर्ष एउटा न एउटा सुरुङको नाम बजेटमा राख्न सम्बन्धित जिल्लाका जनप्रतिनिधि र सांसदहरु दबाब दिन अर्थ मन्त्रालय पुग्ने गरेका छन् ।
जहाँ सडक लामो पर्छ, त्यहाँ सुरुङ निर्माण गर्नुपर्ने माग हुन्छ ।
यसरी दबाबका भरमा बजेटमा राखिएका सुरुङको संख्या दुई दर्जन हाराहारी पुगेको छ । तीमध्ये अहिलेसम्म दुईवटाको मात्र निर्माण थालिएको छ । अन्य सुरुङको पूर्व सम्भाव्यता अध्ययन गरेर थन्क्याइएको छ । पाल्पाको सिद्धबाबा र नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मात्र निर्माण जारी छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट १४ वटा सुरुङको अध्ययन सकिएको छ । दुईवटाको अध्ययन भइरहेको र थप दुईवटाको अध्ययन थाल्ने तयारी छ ।
निर्माण गर्ने भनिएको थानकोट–चित्लाङ सुरुङ मार्गमा अहिलेसम्म थप प्रगति छैन् ।
काठमाडौं उपत्यकामा सबैभन्दा बढी ट्राफिक जाम कोटेश्वर–जडीबुटी खण्डमा हुन्छ । विकल्पमा मुनिभैरव मन्दिर नजिकैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनिबाट जडीबुटी निस्कने गरी ६ सय १० मिटर दूरीको सुरुङ निर्माण गर्ने योजना अघि सारिएको छ, इकान्तिपुरमा खबर छ।