नागढुङ्गा नाकामा समातिए विजय र सुन्दर
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २५ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-२ बस्ने ३० वर्षीय सुन्दर यादव र ३१ वर्षीय बिजय यादव रहेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०१-००१ ख ४५५८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको छ ।