पाैष २७ मा कमला कार्की नवाैं स्मृति दिवस मनाइँदै, एक संस्थासहित ६ जना महिलालाई सम्मान गरिने

Thankot Times

थानकोट ।

समाजसेवी तथा आमा घरकी अध्यक्ष दिलशोभा श्रेष्ठ पुस २७ गते चन्द्रागिरि नगरपालिका नैकापमा हुने कमला कार्की स्मृति प्रतिष्ठानको नवाैं स्मृति दिवसको प्रमुख अतिथिका रूपमा आमन्तित्र हुने भएकी छन् ।

नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालय प्राङ्गणमा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा सहभागिताका लागि प्रतिष्ठानका अध्यक्ष मोहन कुमार कार्कीले सबैमा अनुरोध गरेका छन्।

प्रतिष्ठानले विगत ९ वर्षदेखी चन्द्रागिरि नगरमा राष्ट्रिय ख्याति कमाएका ६ जना महिला तथा महिलासँग सम्बन्धित रहेर काम गर्ने संस्थालाई नगदसहित सम्मान गर्दै आएको छ। प्रतिष्ठानले गत वर्ष अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार ममता थापा, दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल महिला कराँते खेलाडी अन्जली महर्जन, मिस नेपाल २०२० तथा कलाकार नम्रता श्रेष्ठलाई सम्मान गरेको थियो । 

कमला कार्की स्मृति प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित

यसैगरी चन्द्रागिरि नगरपालिका-१४ र १५ का सबैभन्दा ज्येष्ठ महिलाहरू क्रमशः वडा नं. १४ निवासी ९७ वर्षीय धनमाया महर्जन तथा चन्द्रागिरि नगरपालिका वडा नं.१५ निवासी ९३ वर्षीय भगवती खत्रीलाई पनि सम्मान गरिएको थियो । संस्थातर्फ तीनथाना बाजा खल सम्मानित भएको थियो । 

उनीहरूलाई भद्रकुमारी घले प्रतिष्ठानकी संस्थापक, पूर्व मन्त्री एवं लेखिका भद्रकुमारी घलेले सम्मानित गरेकी थिइन् ।

संस्थाले चन्द्रागिरि नगरमा स्थायी बसोबास गर्ने ख्यातिप्राप्त पत्रकार महिला, खेलाडी महिला र सामाजिक क्षेत्रमा क्रियाशील महिला, चन्द्रागिरि वडा नं. १४ र १५ मा बसोबास गर्ने जेष्ठ उमेरकी एकएक जना महिला र महिलासँग सम्बन्धित संस्थालाई नगदसहित सम्मान गर्दै आएको छ ।

व्यक्तिगततर्फ सम्मानित हुने महिलाले नगद १५ हजार १ रुपैयाँ र संस्थातर्फ सम्मानित हुनेले नगद १ लाख १ रूपैयाँ तथा ताम्रपत्रबाट सम्मानित हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ